• कात्तिक १०, २०८३, मंगलवार Tuesday, 27 October, 2026

सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार नाघ्यो, मृतकको संख्या बढ्दै

  • खबर मुलुक

सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार नाघ्यो, मृतकको संख्या बढ्दै

भदौ ३, २०७८

नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले पछिल्लो समय नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३३८ पुगेको बताए ।

यसअघि मन्त्रालयले सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेपछि अस्पतालमा उपचार गर्न बेड पाउन कठिन हुने र सङ्क्रमितको सङ्ख्या झनै बढ्ने आकलन गर्दै पूर्ण रूपमा लकडाउन गर्न सिफारिस गरेको थियो ।

प्रवक्ता पौडेलका अनुसार पछिल्लो चौबीस घण्टामा देशभर थप तीन हजार ४०३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यही अवधिमा थप दुई हजार १०४ जना सङ्क्रमित निको भएका छन् । यस्तै थप ४२ जना सङ्क्रमितको मृत्यु भएको छ ।

नेपालमा मृतकको सङ्ख्या पनि दैनिक बढिरहेको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ३९६ पुगेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

  • प्रकाशित मिति : भदौ ३, २०७८, बिहीवार ०१:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८