भदौ २,२०७८
नेपाली काङ्ग्रेसका नेता गगन थापाले संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको बताएका छन। हिजो गलत,आज गलत,सधैं गलत,जसले गरेपनि गलत , उनले भनेका छन।
हिजो ओलीले ल्याउँदा गलत भन्ने,त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन। समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ।
ओली सरकारले यो अध्यादेश ल्याउँदा जयजयकार गर्दै समर्थ गर्नेहरुलाई अहिले आएको अध्यादेशको बिरोध गर्ने अधिकार नभएको बताएका छन। अहिले अध्यादेशको बिरोध गर्नेहरुले त्यो बेलामा समर्थन गरेकोमा माफी माग्नु पर्ने बताएका छन।
सामाजिक संजालमा उनले भनेका छन , संगैमा,गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार,समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैनरहुँदैन। विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८