• कात्तिक १०, २०८३, मंगलवार Tuesday, 27 October, 2026

चितवनमा १२७ संक्रमीत थपिँदा २१२ निको भए

  • खबरदाता

चितवनमा १२७ संक्रमीत थपिँदा २१२ निको भए

परिक्षण मध्ये १४.७३ प्रतिशतमा संक्रमण

भदौ १ ,२०७८

चितवन । आज चितवनमा ७०४ जनाको पिसिआर परिक्षण गर्दा ८९ र १५८ को एन्टिजेन परिक्षण गर्दा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालमा थप ३ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ९१ , खैरहनि २, माडि १४, रत्ननगर १० ,राप्ती १ र कालिमा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ७३ जनाको आइसियुमा छन। जसमध्ये २३ जनाको भेन्टिलेटर र ३९ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत २३५१ जना रहेका छन।

मृत्यु भएका मध्ये चितवनका २ र नवलपरासीका १ जना रहेका छन।

यो संगै चितवनमा कुल मृतकको संख्या ३७१ पुगेको छ । आज चितवनमा २१२ जना संक्रमीत निको भएका छन।

  • प्रकाशित मिति : भदौ १, २०७८, मंगलवार १०:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८