• कात्तिक ९, २०८३, सोमवार Monday, 26 October, 2026

चितवनमा थप १९९ मा संक्रमण ,६ को मृत्यु

  • खबरदाता

चितवनमा थप १९९ मा संक्रमण ,६ को मृत्यु

परिक्षण मध्ये १९.५२ प्रतिशतमा संक्रमण

साउन ३२,२०७८

चितवन । आज चितवनमा ८३० जनाको पिसिआर परिक्षण गर्दा १५२ र १८९ को एन्टिजेन परिक्षण गर्दा ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालमा थप ६ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १३३ , खैरहनि १४, माडि १२, रत्ननगर २५ ,राप्ती ७ र कालिमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ८२ जनाको आइसियुमा छन। जसमध्ये २६ जनाको भेन्टिलेटर र ४१ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत २५८२ जना रहेका छन।

मृत्यु भएका मध्ये चितवनका ४, नवलपुर १ र मकवानपुरका १ जना रहेका छन।

यो संगै चितवनमा कुल मृतकको संख्या ३६९ पुगेको छ । आज चितवनमा ११३ जना संक्रमीत निको भएका छन।

  • प्रकाशित मिति : साउन ३२, २०७८, सोमवार ०९:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८