परिक्षण मध्ये ११.८० प्रतिशतमा संक्रमण
साउन ३१,२०७८
चितवन । आज चितवनमा ३९६ जनाको पिसिआर परिक्षण गर्दा ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लाका विभिन्न अस्पतालमा थप ४ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ३३ , खैरहनि ४, माडि १, रत्ननगर ५ ,राप्ती १ र कालिमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा ९२ जनाको आइसियुमा छन। जसमध्ये २८ जनाको भेन्टिलेटर र ४७ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत २५०१ जना रहेका छन।
मृत्यु भएका मध्ये चितवनका ३ र मकवानपुरका १ जना रहेका छन।
यो संगै चितवनमा कुल मृतकको संख्या ३६५ पुगेको छ । आज चितवनमा ७४ जना संक्रमीत निको भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८