आज १९.३३ प्रतिशतमा संक्रमण।
साउन ३०,२०७८
चितवन । आज एकै दिनमा १३२० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ८० हजार ८१५ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप २६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या पिसिआर प्रबिधिबाट ७ लाख ३० हजार ४७९ र एन्टिजेन प्रबिधिबाट ७४ हजार ७११ पुगेको छ ।
देश भर ८६६७ को पिसिआर परिक्षण गर्दा १९४७ र ४९०६ जनाको एन्टिजेन परिक्षण गर्दा ६७७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १६५ जना रहेका छन् ।
आज थप २० जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १०२५९ पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८