परिक्षण मध्ये २५.५८ प्रतिशतमा संक्रमण
साउन ३०,२०७८
चितवन । आज चितवनमा ५०५ जनाको पिसिआर परिक्षण गर्दा ११५ र १४० को एन्टिजेन परिक्षण गर्दा ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लाका विभिन्न अस्पतालमा थप २ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १२४ , खैरहनि ६, माडि १३, रत्ननगर ११ ,राप्ती १, कालिका ३ र इच्छाकामनामा ७ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा ९२ जनाको आइसियुमा छन। जसमध्ये ३० जनाको भेन्टिलेटर र ४८ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत २५३१ जना रहेका छन।
मृत्यु भएका मध्ये चितवनका २ जना रहेका छन।
यो संगै चितवनमा कुल मृतकको संख्या ३६२ पुगेको छ । आज चितवनमा ४० जना संक्रमीत निको भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८