आज २१.०६ प्रतिशतमा संक्रमण।
साउन २९,२०७८
चितवन । आज एकै दिनमा २११८ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ७९ हजार ४९५ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप ३९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या पिसिआर प्रबिधिबाट ७ लाख २८ हजार ५३२ र एन्टिजेन प्रबिधिबाट ७४ हजार ३४ पुगेको छ ।
देश भर ११७०८ को पिसिआर परिक्षण गर्दा २७६३ र ६८७४ जनाको एन्टिजेन परिक्षण गर्दा ११५२ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १८९ जना रहेका छन् ।
आज थप २७ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १०२३९ पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८