परिक्षण मध्ये २०.२३ प्रतिशतमा संक्रमण
साउन २९,२०७८
चितवन । आज चितवनमा ८१५जनाको पिसिआर परिक्षण गर्दा १४८ र ११९ को एन्टिजेन परिक्षण गर्दा ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लाका विभिन्न अस्पतालमा थप ४ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ११८ , खैरहनि ८, माडि १७, रत्ननगर २० ,राप्ती १०, कालिका १२ र इच्छाकामनामा ४ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा ९५ जनाको आइसियुमा छन। जसमध्ये ३२ जनाको भेन्टिलेटर र ४४ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत २४१० जना रहेका छन।
मृत्यु भएका मध्ये चितवनका २ , नवलपरासी १ र पर्बतका १ जना रहेका छन।
यो संगै चितवनमा कुल मृतकको संख्या ३६० पुगेको छ । आज चितवनमा १३८ जना संक्रमीत निको भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८