आज २१.०८ प्रतिशतमा संक्रमण।
साउन २८,२०७८
चितवन । आज एकै दिनमा २२९४ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ७७ हजार ३७७ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप ३२६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या पिसिआर प्रबिधिबाट ७ लाख २५ हजार ७६९ र एन्टिजेन प्रबिधिबाट ७२ हजार ८८२ पुगेको छ ।
देश भर १०८०६ को पिसिआर परिक्षण गर्दा २४७३ र ४६५६ जनाको एन्टिजेन परिक्षण गर्दा ७८७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १७५ जना रहेका छन् ।
आज थप ३२ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १०२१२ पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८