• कात्तिक ९, २०८३, सोमवार Monday, 26 October, 2026

चितवनमा आज २१८ जना संक्रमीत निको भए

  • खबरदाता

चितवनमा आज २१८ जना संक्रमीत निको भए

 

परिक्षण मध्ये १८.२४ प्रतिशतमा संक्रमण

साउन २८,२०७८

चितवन । आज चितवनमा ८१८ जनाको पिसिआर परिक्षण गर्दा १३७ र १४१ को एन्टिजेन परिक्षण गर्दा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालमा थप ५ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १२३ , खैरहनि ५, माडि ६, रत्ननगर ३६ ,राप्ती ३ र कालिकामा २ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा १०५ जनाको आइसियुमा छन। जसमध्ये ३९ जनाको भेन्टिलेटर र ४६ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत २३६२ जना रहेका छन।

मृत्यु भएका मध्ये चितवनका २ र नवलपरासी १, अर्घाखाँची १ र बर्दियाका १ जना रहेका छन।

यो संगै चितवनमा कुल मृतकको संख्या ३५८ पुगेको छ । आज चितवनमा २१८ जना संक्रमीत निको भएका छन।

  • प्रकाशित मिति : साउन २८, २०७८, बिहीवार १०:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८