परिक्षण मध्ये २४.७१ प्रतिशतमा संक्रमण
साउन २६,२०७८
चितवन । आज चितवनमा ७८१ जनाको पिसिआर परिक्षण गर्दा १७५ र १८२ को एन्टिजेन परिक्षण गर्दा ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लाका विभिन्न अस्पतालमा थप ६ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १७५ , खैरहनि ९, माडि १७, रत्ननगर १८,राप्ती ६, कालिकामा १० र इच्छाकामनाका ३ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा १०७ जनाको आइसियुमा छन। जसमध्ये ४१ जनाको भेन्टिलेटर र ४६ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत २४१७ जना रहेका छन।
मृत्यु भएका मध्ये चितवनका ४ र नवलपुरका २ जना रहेका छन।
यो संगै चितवनमा कुल मृतकको संख्या ३५४ पुगेको छ । आज चितवनमा १७४ जना संक्रमीत निको भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८