परिक्षण मध्ये २९.३७ प्रतिशतमा संक्रमण
साउन २३,२०७८
चितवन । आज चितवनमा ५२६ जनाको पिसिआर परिक्षण गर्दा १५१ र ६३ को एन्टिजेन परिक्षण गर्दा २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लाका विभिन्न अस्पतालमा थप ३ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ११९ , खैरहनि ५, माडि १२, रत्ननगर २८,राप्तीमा ३, कालिकामा ४ र इच्छाकामनाका ३ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा ९१ जनाको आइसियुमा छन। जसमध्ये ३० जनाको भेन्टिलेटर र ५० जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत २४३३ जना रहेका छन।
मृत्यु भएका मध्ये चितवनका २ र नवलपरासीका १ जना रहेका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८