आज २४.२९ प्रतिशतमा संक्रमण।
साउन १३ ,२०७८
चितवन । आज एकै दिनमा १९९३ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ४९ हजार ७२ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप ३८४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ७ लाख ४६ हजार ६५७ पुगेको छ ।
देश भर १०८८६ को पिसिआर परिक्षण गर्दा २६३४ र ४९२२ जनाको एन्टिजेन परिक्षण गर्दा १२०६ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १७९ जना रहेका छन् ।
आज थप ३३ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९७९१ पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८