परिक्षण मध्ये १०.३४ प्रतिशतमा पोजेटिभ
साउन ३ ,२०७८
चितवन । आज चितवनमा ४०६ जनाको पिसिआर परिक्षण ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लाका विभिन्न अस्पतालमा थप २ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ३३ , खैरहनिमा २ रत्ननगरमा ६ र कालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा ५८ जनाको आइसियुमा , जसमध्ये १५ जनाको भेन्टिलेटर र ४१ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १५३३ जना रहेका छन।
मृत्यु भएका मध्ये चितवनका १र नवलपरासीका १ जना रहेका छन।
यो संगै चितवनमा कुल मृतकको संख्या ३०८ पुगेको छ । आज चितवनमा १९४ जना संक्रमीत निको भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८