परिक्षण मध्ये २०.२६ प्रतिशतमा पोजेटिभ
साउन १ ,२०७८
चितवन । आज चितवनमा ६७९ जनाको पिसिआर परिक्षण गर्दा ९८ र १७४ को एन्टिजेन परिक्षण गर्दा ७३ जना गरि थप १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लाका विभिन्न अस्पतालमा थप ४ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ९१ , खैरहनिमा २१ , माडि ९, रत्ननगरमा १७,राप्ती १० र कालिकामा २३ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा ६३ जनाको आइसियुमा , जसमध्ये १४ जनाको भेन्टिलेटर र ३५ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १६६२ जना रहेका छन।
मृत्यु भएका मध्ये चितवनका २ र नवलपरासीका २ जना रहेका छन।
यो संगै चितवनमा कुल मृतकको संख्या ३०५ पुगेको छ । आज चितवनमा ५९ जना संक्रमीत निको भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८