परिक्षण मध्ये १७.५१ प्रतिशतमा पोजेटिभ
असार -३० ,२०७८
चितवन । आज चितवनमा ६९८ जनाको पिसिआर परिक्षण गर्दा ८८ र १३० को एन्टिजेन परिक्षण गर्दा ५७ जना गरि थप १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लाका विभिन्न अस्पतालमा थप ३ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ७७ , खैरहनिमा ३३ , माडि ८, रत्ननगरमा १३, कालिका ४ र इच्छाकामनामा १ कालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा ७७ जनाको आइसियुमा , जसमध्ये १८ जनाको भेन्टिलेटर र ३४ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १४५३ जना रहेका छन।
मृत्यु भएका मध्ये चितवनका २, नवलपुरका १ जना रहेका छन।
यो संगै चितवनमा कुल मृतकको संख्या २९७ पुगेको छ । आज चितवनमा ८३ जना संक्रमीत निको भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८