सोमबार गरिएका परिक्षण मध्ये १४।८१ प्रतिशतमा संक्रमण।
असार -२९ ,२०७८
चितवन । आज चितवनमा ६८९ जनाको पिसिआर परिक्षण गर्दा ७२ र ९४ को एन्टिजेन परिक्षण गर्दा ४४ जना गरि थप ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लाका विभिन्न अस्पतालमा थप ५ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ६९ , खैरहनि ३ , माडि २४, रत्ननगरमा ६ र कालिकमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा ७७ जनाको आइसियुमा , जसमध्ये १८ जनाको भेन्टिलेटर र ३४ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १४५३ जना रहेका छन।
मृत्यु भएका मध्ये चितवनका १, नवलपुरका २,नवलपरासीका १ र लमजुङका १ जना रहेका छन।
यो सगै चितवनमा कुल मृतकको संख्या २९५ पुगेको छ । आज चितवनमा १०१ जना संक्रमीत निको भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८