असार २५ ,२०७८
चितवन । आज एकै दिनमा १३१६ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख १६ हजार ९२९ रहेको छ । यो ९४.५ प्रतिशत हुन आउछ ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप २२३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ६ लाख ९४ हजार ३२८ पुगेको छ ।
देश भर ६६५७ को पिसिआर परिक्षण गर्दा १४७९ र ४६५६ जनाको एन्टिजेन परिक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १०७ जना रहेका छन् ।
आज थप २० जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९३४० पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८