• कात्तिक १०, २०८३, मंगलवार Tuesday, 27 October, 2026

नेपालमै बनेको रेमसिभिरले कोरोना उपचारमा सहज


नेपालमै बनेको रेमसिभिरले कोरोना उपचारमा सहज

असार २०, २०७८

कोरोना सङ्क्रमणले तीव्र सताएका बेला उपचारमा उपयोगी हुने औषधि देशभित्र थिएनन् । बाहिरबाट ल्याउनुपर्ने, अभाव उस्तै र महँगो पनि थियो तर यो एक÷डेढ वर्षमा कोरोनालाई उपयोगी हुने औषधि देशभित्रै बन्न थाल्यो ।

केही दिनयता नेपालमै बनेको रेमसिभिर उपयोगमा आएपछि औषधि विज्ञानको क्षेत्रमा नेपालले आँटे गर्न सक्ने क्षमता पनि देखिएको छ ।

कोरोनाविरुद्धको लडाइँमा अब रेम्डेसिभिर सर्वसुलभ भएको छ । केही समय अघिसम्म यो औषधि सहजै पाउन मुस्किल थियो । धेरै सङ्क्रमित रेम्डेसिभिर नपाएर अस्पतालमा छटपटाइरहेका हुन्थे ।

रेम्डेसिभिर पाउन ठूलै पहुँच हुनुपथ्र्यो । सरकार र निजी क्षेत्रको प्रयासले अब त्यो अवस्था अन्त्य भई औषधि देशभित्रै सर्वसुलभ हुन थालेको छ । सङ्क्रमितको उपचारमा संलग्न चिकित्सकले तत्काल रेम्डेसिभिर व्यवस्था गर्न भन्ने तर औषधि नपाएपछि बिरामीको मृत्यु हुने गरेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

  • प्रकाशित मिति : असार २०, २०७८, आइतवार ००:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८