• असोज ३१, २०८३, शनिवार Saturday, 17 October, 2026

नेपाल भित्रिने विदेशीको सङ्ख्या घट्यो


नेपाल भित्रिने विदेशीको सङ्ख्या घट्यो

असार १९,२०७८

कोभिड–१९ सङ्क्रमणका कारण जारी निषेधाज्ञाले उडानसमेत प्रतिबन्ध हुँदा नेपाल भित्रने विदेशीको सङ्ख्या घटेको छ । अध्यागमन विभागका अनुसार जुनमा नेपाल भित्रिनेको सङ्ख्या एक हजार १४३ मात्र रहेको छ ।

अघिल्लो मेमा नेपाल भित्रिने सङ्ख्या एक हजार ४६८ थियो । त्यसअघि प्रतिबन्धको अवस्था नहुँदा मार्चमा भने करिब १५ हजार विदेशी नेपाल भित्रिएका थिए ।

अध्यागमनले सार्वजनिक गरेको यो तथ्याङ्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र नेपाल प्रवेश गर्ने विदेशीको सङ्ख्या हो । कोभिडको दोस्रो लहरपछि सरकारले स्थल मार्गबाट विदेशीलाई नेपाल प्रवेश निषेध गर्दै आएको छ ।

जुनमा नेपाल भित्रिनेमा सबैभन्दा धेरै भारतीय छन् । विभागका अनुसार उक्त महिना ३५९ जना भारतीय नेपाल प्रवेश गरेका छन् । त्यसपछि संयुक्त राज्य अमेरिकाबाट २६६ जना प्रवेश गरेको तथ्याङ्क छ ।

बेलायतबाट ५७ जना, चीनबाट ३८ जना नेपाल आएको विभागले जनाएको छ । त्यसपछि दक्षिण कोरियाबाट ३२ जना नेपाल आएका छन् । नेपाल भित्रिनेमा विशेष गरी विदेशी कूटनीतिक नियोगका कर्मचारी, प्रतिनिधि तथा विभिन्न अन्तर्राष्ट्रिय सङ्घसङ्गठनका कर्मचारी तथा प्रतिनिधि रहेका छन्। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

  • प्रकाशित मिति : असार १९, २०७८, शनिवार ०२:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८