आज गरिएका परिक्षण मध्ये १८.६७ प्रतिशतमा संक्रमण ।
असार -१६ ,२०७८
चितवन । आज चितवनमा ५१२ जनाको पिसिआर परिक्षण गर्दा ८६ र ४५ को एन्टिजेन परिक्षण गर्दा १८ जना गरि थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लाका विभिन्न अस्पतालमा थप २ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ६७ खैरहनिमा ७, माडिमा ६, रत्ननगरमा ११ ,राप्तीमा ५ , कालिकमा ७ र इच्छाकामनामा १ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा ९० जनाको आइसियुमा , जसमध्ये १७ जनाको भेन्टिलेटर र २८ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत ११९८ जना रहेका छन।
सोमबार मृत्यु भएका मध्ये लमजुङका १ र कास्कीका १ जना रहेका छन।
यो सगै चितवनमा कुल मृतकको संख्या २८२ पुगेको छ । आज चितवनका अस्पतालहरुबाट थप ३४ डिस्चार्ज भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८