बैशाख ३०,२०७८–केपी शर्मा
चितवन । अन्तत ओलीसामु नेपाल समूह गलेको छ । बिहीबार केपी शर्मा ओलीसँग नेता माधब कुमार नेपालले झन्डै चार घन्टा बार्ता गरे ।
बर्तापछी नेपालले केही समयको लागि राजिनामाको कुरा टरेको बताएका छन। अब केपी ओलीकै नेतृत्वमा एमालेको सरकार बन्ने पक्कापक्की भएको छ ।
राजिनामाबाट आफ्नो राजनीतिक भबिस्य समाप्त हुने देखेपछी नेपाल पक्षले सो निर्णय लिएलो देखिन्छ । त्यसो त नेपाल समुह भित्रै पनि राजिनामा दिने या बिना राजीनामा लडाइ लड्ने भन्ने बिसयमा बिबाद हुँदै आएको थियो।
नेपाल पक्षले राजीनामा नगरेर पार्टीभित्रको विवाद मिलाउन प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई एक महिनाको समय दिएको बताएको छ । उनीहरुले आफ्ना मागहरु कार्यनयन नभएमा आफ्नो समुहको लडाइ पुन जारी रहने बताएका छन। दुई चारदिनलाई पछी सारिएको राजिनामा हारको रुपमा नलिन समेत नेपाल पक्षले भनेको छ ।
उनले ओलीले फागुन २८ गते गरेको निर्णय फिर्ता गर्ने र पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन अब विभिन्न तहमा छलफल हुने बताएका छन। तर कहिले र कसरी छलफल हुने भन्ने बारेमा भने तय भएको छैन ।
नेपाल पक्षले राजीनामा नगरेपछि यता ओलीको तत्कालको समस्या टरेको छ। कांग्रेस र माओवादी केन्द्रले पनि बिहीवार अथक प्रयास गरेपनि आफ्नो पक्षमा बहुमत पुर्याउन सकेनन। अब काङ्ग्रेस र मावोबादीले बहुमतीय सरकार बनाउने प्रस्ताव राष्ट्रपतिकहाँ लैजाने अबस्था टरेको छ । माओबादी र काङ्ग्रेस दिनभर नेपाल समुहको निर्णयको पर्खाइमा थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सम्भवतस् आजै वा भोलि संविधानको धारा ७६ को ३ अन्तर्गत अल्पमतको प्रधानमन्त्रीका रूपमा सपथ गराउने छिन।
तर यतिकैमा प्रधानमन्त्री ओलीको खड्गो भने पुर्णरपमा टरेको भने छैन। सरकार बनाएर पनि उनले एक महिनाभित्र संसदमा विश्वासको मत लिनु पर्नेछ।
अहिले नेपाल पक्षले राखेका माग ओलीले बेवास्ता गरेमा सो समुहले ओलीलाई सहयोग नगर्ने पक्कानै छ ।तसर्थ ओलीले विश्वासको मत पाएनन् भने उनी फेरि पदमुक्त हुनेछन्। ओली पदमुक्त भएर संविधानको धारा ७६को ५ अन्तर्गत प्रधानमन्त्री बन्ने अवस्था आउने छ ।
तर राजनीतिमा माहिर र कानुनलाई सहज रुपमा चलाउन जान्ने ओली सामु नेपाल पक्षले राखेका मागहरु त्यति सहजै पूरा गर्ने अबस्था आउला भन्ने अनुमान गर्न सकिदैन ।
अब एक महिनाको समय सिमा पाएका ओलीले नयाँ रणनीति बनाउने तिर भने पक्कै लाग्ने छन। उनले अब बन्ने मन्त्रीमण्डलमा राजिनामा नदिने नेपाल पक्षका केहिलाइ समाबेश गर्ने देखिन्छ । जसले गर्दा नेपाल समुह बिस्तार कमजोर बन्दै जाने सम्भावना देखिन्छ ।
यसरी सर्सर्ती हेर्दा अबको बाकी रहेको पुरै समय ओलीलाई पहिलेको भन्दा सहज हुने पनि देखिन्छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८