• कात्तिक ५, २०८३, बिहीवार Thursday, 22 October, 2026

कोभिड नियन्त्रणमा योगेस भट्टराईका चार सुझाव

  • खबरदाता

कोभिड नियन्त्रणमा योगेस भट्टराईका चार सुझाव

बैशाख ३०,२०७८

चितवन । नेकपा एमालेका नेता योगेस भट्टराईले राज्यले स्वास्थ्य क्षेत्रलाइ प्रमुख दायित्वको रुपमा नलिदा कोरोनाको महामारी यो अबस्थामा पुगेको बताएका छन।

सामाजिक संजालको प्रयोग गर्दै उनले विश्वनै कोभिडबाट आक्रान्त बनिरहेका बेला नेपालमा सुनिने र देखिने हरेक समाचारले दिनहु अवस्था जटिल बन्दै गएको प्रती सरकार कमजोर भएको आरोप लगाएका हुन। यदि एक बर्ष अघि देखि अथक प्रयास गरेको भए अहिले स्वास्थ्य क्षेत्र निकै सहज भइसक्ने उनको भनाइ छ ।

उनले भनेका छन, बिरामीहरुको अकाल मृत्‍यु र उनीहरुका परिवारको चित्कारका समाचारले सरकार र भाग्यले बाँचेकाहरु लाचार बनिरहेको अवस्था छ । हाम्रो देश अझ संकट तिर जाँदै छ । बिगतदेखिकै सरकारहरुले सर्वजनिक स्वास्थ्यलाई राज्यको प्रमुख दायित्वका रुपमा लिएर प्रयाप्त काम नगरेका कारण आज यो बिस्फोट बन्न पुगेको छ । बिरामीका लागि न्युनतम अक्सिजन र बेड दिन नसक्नुले हामीसबै लज्जित छौँ। यस्तो संवेदनसील अवस्थामा भैरहेका अस्वस्थ राजनीतिक खेलहरुले सरकार, राज्ययन्त्र तथा राजनीतिक नेत्रित्वप्रति असन्तुस्टी बढदै गएर ब्यबस्था नै धरापमा पर्नसक्ने संभावनाप्रति सबै सचेत हुनुपर्दछ ।

साथै उनले यसविरुद्ध लड्न सरकारलाई चार बुदामा समाधान खोज्न आग्रह गरेका छन। उनले भनेका छन:

अहिले तुलनात्मक रुपमा चीनमा कोभिडको असर कम भएको देखिन्छ । तसर्थ अघिल्लो समयमा इट्ली लगायतका युरोपेली मुलुकमा चीनले स्वास्थ्य सामाग्री र जनशक्ति सहित जसरी सहयोग गरेको थियो त्यसरिनै अहिले नेपाललाई सहयोग गर्न नेपाल सरकारले चीन सरकारलाई अनुरोध गर्नु पर्दछ । र भारत लगायत अन्य देशका सरकारलाई पनि अनुरोध गरी सहयोग तत्काल ल्याउनु पर्दछ।

२०७२ को महा भुकम्पपछी जसरी राजनीतिक बिमतीहरुलाई थाती राखेर सरकार र राजनीतिक नेतृत्वले सहमतिमा काम गर्‍यो, एमाले, माओवादी र काङ्ग्रेसका बिचमा १६ बुंदे सहमति गरी संबिधान निर्माण गर्ने जोखिमपूर्ण काम सम्पन्न भयो त्यसरीनै कोभिड बिरुद्धको लडाईंमा फेरी एक पटक राष्ट्रिय सहमतिकासाथ ठोस योजनामा सबैले काम गर्नु पर्दछ। राष्ट्रको मिसन कोभिड १९ लाई बनाउनु पर्दछ ।

साथै सम्पूर्ण जनशक्तिलाई कोभिड बिरुद्धको लडाईंमा केन्द्रित गर्ने र छिटो प्रकृयाबाट थप जनशक्ति भर्ना गर्ने । आर्थिक अभाव हुन नदिने । अन्य शिर्सकका बजेट पनि कोभिडमा केन्द्रित गर्ने । कोभिड बिरुद्धको लडाईंमा खटेको जनशक्ति बाहेक राज्यबाट पारिश्रमिक लिने अरु सबैको सुबिधा हाललाई स्थगित राख्ने ।

  • प्रकाशित मिति : वैशाख ३०, २०७८, बिहीवार ०४:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८