बैशाख २९,२०७८
चितवन । चितवनमा आज थप २३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका अस्पतालमा थप ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन।
स्वास्थ कार्यालय चितवनले जनाए अनुसार भरतपुर महानगर पालिकामा १९९ जना संक्रमीत थपिए भने माडिका नगरपालिकामा ७ , खैरहनि ७ ,रत्ननगरमा ११ ,राप्तीमा ५ ,कालिकामा २ र इच्छाकामनामा १ गरि थप २३१ जनामा संक्रमण देखिएको जनाइ एको छ ।
चितवनका विभिन्न अस्पताल २४८ जनाको आइसियुमा र ४४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत ३१२४ जना रहेका छन।
चितवनका विभिन्न अस्पतालमा उपचाररत रहेका ११ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका ६ जना ,गुल्मीका १, नवलपरासीका १ र निजगडका १ समेत गरि ११ जना रह्का छन।
यो सगै चितवनमा कुल मृतकको संख्या १५५ पुगेको छ । आज चितवनमा थप ४२ जनाले कोरोना जितेका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८