• कात्तिक ५, २०८३, बिहीवार Thursday, 22 October, 2026

आज ४०२२ निको, ८८५० थपिए , ८८ को मृत्यु

  • खबरदाता

आज ४०२२ निको, ८८५० थपिए , ८८ को मृत्यु

 

वैशाख २६,२०७८

चितवन । पछिल्लो एक दिनमा ४०४२ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ९६ हजार ३३२ रहेको छ । यो ७६ दशमलव ७ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ८८५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ३ लाख ७७ हजार ४३० पुगेको छ ।

देश भर १८२८७ जनाको पिसिआर परिक्षण गर्दा ८७७७ र ५०६ जनाको एन्टिजेन परिक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ५ र काठमाडौं उपत्यकाका ४१९८ जना रहेका छन्।

आज थप ८८ जनाको मृत्यु भएकोमा विशेष कारणले २६ जनाको निधन कुल संख्यामा समाबेश गर्न नसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृतक संख्या ५२ जनालाई मात्र लिदा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३६८४ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ८८ हजार १६९ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ३१४ छ ।

  • प्रकाशित मिति : वैशाख २६, २०७८, आइतवार ११:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८