बैशाख २६,२०७८
चितवन । चितवनमा आज २० जनाको नमुना परिक्षण गर्दा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन।
स्वास्थ कार्यालय चितवनले जनाए अनुसार भरतपुर महानगर पालिकामा २ जना संक्रमीत थपिए भने माडिका नगरपालिकामा एन्टिजेन परिक्षण गर्दा ३ जनामा संक्रमण देखिएको जनाइएको छ ।
चितवनका विभिन्न अस्पताल १७२ जनाको आइसियुमा र ४१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत २३१३ जना रहेका छन।
चितवनका विभिन्न अस्पतालमा रहेका ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका १ जना , लमजुङ , मकवानपुर र दाङका १/१ जना गरि थप ४ जनाको मृत्यु भएको हो।
चितवनमा कुल मृतकको संख्या १३८ पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८