• कात्तिक ५, २०८३, बिहीवार Thursday, 22 October, 2026

चितवनमा आज १४ जनाको मृत्यु , ३९२ थपिए

  • खबरदाता

चितवनमा आज १४ जनाको मृत्यु , ३९२ थपिए

 

बैशाख २५,२०७८

चितवन । चितवनमा आज थप ३९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन।

स्वास्थ कार्यालय चितवनले जनाए अनुसार भरतपुर महानगर पालिकामा ३२० जना संक्रमीत थपिएका हुन । यस्तै खैरहनि नगरपालिकाका ११,माडिका ५,रत्ननगरका २९, राप्तीका १०, कालिका नगरपालिकाका ६ र एन्टिजेन परिक्षणबाट थप ११ जना गरि ३९२ थपिएका हुन।

चितवनका विभिन्न अस्पताल १४७ जनाको आइसियुमा र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत २३०७ जना रहेका छन।

चितवनका विभिन्न अस्पताल र होम आइसोलसनमा रहेका १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर अस्पतालमा ६ जना रहेका छन।

यस्तै चितवन मेडिकल कलेजमा २ जना ,पुरानो मेडिकल कलेजमा ३ जना ,क्यान्सर अस्पतालमा १ जना ,माडिमा १ जना राप्ती नगरपालिकामा १ गरि जम्म १४ जनाको ज्यान गएको हो।
हाल सम्म चितवन जिल्लामा १३७ जनाको मृत्यु भइसकेको छ ।

  • प्रकाशित मिति : वैशाख २५, २०७८, शनिवार ११:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८