• कात्तिक ४, २०८३, बुधवार Wednesday, 21 October, 2026

२८८ कोरोना संक्रमित निको हुँदा थप २ को मृत्यु

  • खबरदाता

२८८ कोरोना संक्रमित निको हुँदा थप २ को मृत्यु

माघ–१८, २०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज २८८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६६ हजार ३३६ रहेको छ । यो ९८.३ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ३३०८ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ९५९ पुगेको छ ।

चितवनमा आज संक्रमित देखा परेनन भने काठमाडौं उपत्यकामा ६८ जना संक्रमित थपिए । देशमा थप २ जनाले ज्यान गुमाउँदा कुल संख्या २ हजार २९ जना पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर २ हजार ५९४ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या १०२ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा १४३ र भेन्टिलेटरमा २५ जनाको उपचार भइरहेको छ ।

हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने भोजपुर,कालीकोट ,रुकुम पश्चिम र मुगु जिल्लामा कोरोना शुन्य रहेको छ ।

  • प्रकाशित मिति : माघ १८, २०७७, आइतवार ११:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८