• मंसिर १२, २०८३, शनिवार Saturday, 28 November, 2026

हिमाली क्षेत्रमा आंशिक बादल, केही ठाउँमा हुस्सु

  • खबरदाता

हिमाली क्षेत्रमा आंशिक बादल, केही ठाउँमा हुस्सु

देशको हिमाली क्षेत्रमा शनिबार (मंसिर १२) दिउँसो आंशिक बादलको पूर्वानुमान छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको महाशाखाले जनाएको छ ।

यस दिन राति कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

“बिहानपख उपत्यका र खोँचहरूका साथै तराई भूभागका थोरै स्थानमा हुस्सुरकुहिरो लाग्नेछ,” महाशाखाले भनेको छ ।

 

  • प्रकाशित मिति : मंसिर १२, २०८३, शनिवार ०६:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८