• मंसिर ११, २०८३, शुक्रवार Friday, 27 November, 2026

शेख हसिनाको समर्थनमा आज र भोलि ‘बंगलादेश बन्द’ आह्वान

  • खबरदाता

शेख हसिनाको समर्थनमा आज र भोलि ‘बंगलादेश बन्द’ आह्वान

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मातृभूमि फर्कने घोषणा गरेयता देशमा राजनीतिक तनाव र हिंसा बढेको छ।

हसिनाको समर्थनमा उनको पार्टी अवामी लिगले आज नोभेम्बर २७ र भोलि २८ तारिख देशव्यापी बन्द आह्वान गरेको छ।

अवामी लिगले आठ माग राखेर देशव्यापी बन्द घोषणा गरेको गरेको हो।

पार्टीविरुद्धको प्रतिबन्ध हटाइनुपर्ने र राजनीतिक बन्दीहरूको रिहाइ गरिनुपर्नेलगायत माग उसले अघि सारेको छ।

हसिनाको फिर्ती सम्भावना र बढ्दो हिंसालाई ध्यानमा राख्दै बंगलादेश सरकारले सीमामा सुरक्षा बढाएको छ।

अवामी लिगका प्रवक्ता सैयद मुजम्मिल अलीले केही दिनअघि मात्र विज्ञप्ति जारी गर्दै ७९ वर्षीया शेख हसिना आगामी डिसेम्बर १६ मा बंगलादेश फर्कने योजना रहेको बताएका छन्।

डिसेम्बर १६ बंगलादेशमा १९७१ को मुक्ति युद्ध विजयको वार्षिकोत्सव हो।

  • प्रकाशित मिति : मंसिर ११, २०८३, शुक्रवार ०९:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८