• मंसिर ४, २०८३, शुक्रवार Friday, 20 November, 2026

दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन थुना म्याद

  • खबरदाता

दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन थुना म्याद

मलेसिया जाने कामदारलाई अतिरिक्त शुल्कका नाममा ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वश्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई अदालतले चार दिन थुनामा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले बिहीबार उनीहरूलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । कुँवर र रायलाई सीआईबीले बुधबार पक्राउ गरेको थियो । तत्कालीन श्रमसचिव विनोद केसी, सहसचिवद्वय राजीव पोखरेल र उमेश ढुंगाना तथा उपसचिव निर्मला गुरुङ पनि पक्राउ परेका थिए ।

तत्कालीन श्रमसचिव एकनारायण अर्यालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ । मलेसिया र नेपाल सरकारबीच भएको सम्झौताको अपव्याख्या गरी कामदारसँग मेनपावर कम्पनीले अतिरिक्त शुल्क उठाएको र उक्त रकम आपसी गठजोडमा मलेसिया पठाइएको आरोप उनीहरूविरुद्ध छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मलेसिया जाने करिब साढे सात लाख कामदारसँग साढे दुई अर्ब रकम असुलिएको खुलेको छ । उक्त रकममध्ये एक अर्ब ६९ करोड दुई लाख २४ हजार रकम श्रम मन्त्रालयका उच्चपदस्थको सहयोगमा बैंकिङ प्रणालीबाटै मलेसिया पठाइएको भेटिएको छ ।

  • प्रकाशित मिति : मंसिर ३, २०८३, बिहीवार २०:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८