मुगु । मुगुमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा दुईजना घाइते भएका छन् ।
काठमाडौंबाट मुगुको रारा आउँदै गरेको वाग्मती प्रदेशको बा १७ च १८६४ नम्बरको जीप छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित जिमाकाँरा भीरबाट ६०० मिटर तल खसेको हो ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार, जीपमा सवार पाँचजनामध्ये काठमाडौंको कलंकी बस्ने ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश पिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको हो ।
सो दुर्घटनामा परी जीप चालक ललितपुरका ५८ वर्षीय कञ्चन थापा र सोही ठाउँकी ५४ वर्षीया अञ्जु थापा घाइते भएका छन् । दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रविराज थपलियाले बताए । रासस
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८