• कात्तिक ३०, २०८३, सोमवार Monday, 16 November, 2026

हिमाली तथा पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना

  • खबरदाता

हिमाली तथा पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको हिमाली र पहाडी भू–भागमा आइतबार आंशिक बादल लागेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, दिउँसो देशको हिमाली भू–भाग तथा कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागको केही स्थानमा तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिनासहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

कोसी, वाग्मती, र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षारहिमपातको विभागले पूर्वानुमान गरेको छ ।

राति, देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सुरकुहिरो लाग्नेछ ।

देशका हिमाली भू–भाग तथा कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

  • प्रकाशित मिति : कात्तिक २९, २०८३, आइतवार ०६:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८