• कात्तिक १५, २०८३, आइतवार Sunday, 01 November, 2026

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

  • खबरदाता

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विशेष बैठक आह्वान गरेका छन् । दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा मुख्य पदाधिकारीहरुको बैठक बस्न लागेको हो ।

बैठकमा सरकारको पछिल्ला गतिविधि, पत्रकार र सञ्चारगृमाथिको धरपकडलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले समसायिक विषय र पछिल्ला घटनाक्रमबारे सरकारको ध्यानाकर्षण गराउने तयारी समेत गरेको छ ।

बैठकमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापतिहरु पुष्पा भुसाल, चन्द्र भण्डारी, मधु आचार्य, महामन्त्रीहरु प्रदीप पौडेल, डिला संग्रौला र उदयशमशेर राणालगायतलाई बोलाइएको छ ।

बैठकपछि सभापति थापाले मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पछिल्ला घटनाबारे विशेष सम्बोधन गर्ने छन् ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सूचना जारी गर्दै सम्बोधन कार्यक्रमबारे जानकारी दिएका हुन् । उक्त कार्यक्रममा उपस्थितिका लागि नेता, कार्यकर्ता तथा सञ्चारकर्मीहरूलाई हार्दिक अनुरोध समेत गरिएको छ ।

  • प्रकाशित मिति : कात्तिक १५, २०८३, आइतवार ०९:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८