• कात्तिक १३, २०८३, शुक्रवार Friday, 30 October, 2026

न्यायाधीशहरू विवादमा तानिएपछि प्रधानन्यायाधीश शर्माले बोलाए फुलकोर्ट बैठक

  • खबरदाता

न्यायाधीशहरू विवादमा तानिएपछि प्रधानन्यायाधीश शर्माले बोलाए फुलकोर्ट बैठक

सर्वोच्चका न्यायाधीशहरू एकपछि अर्को गरी विवादमा तानिएपछि प्रधानन्यायाधीश मनोज कुमार शर्माले फुलकोर्ट बैठक बोलाएका छन्। बिहीबार न्यायाधीश हरि फुयाल र विवादित व्यक्ति इनाम सापकोटाको सम्बन्धबारे समाचार प्रकाशित भएपछि न्याय क्षेत्र तरङ्गित छ।

इनामसँगको सम्बन्धबारे समाचार सार्वजनिक भएपछि न्यायाधीश फुयालले बिहीबार नै केही पत्रकारहरूसँग उनीसँगको उठबस आफूको मात्रै नभएको र अरु न्यायाधीशहरूले समेत सामूहिक रुपमा भेट गरेको खुलासा गरेका छन्। फुयालले आफूहरूमाथि महाभियोगको सन्त्रास फैलिएको अवस्थामा त्यसबाट जोगाइदिन्छु भन्ने सापकोटासँग हिमालयन होटलमा ७ जना न्यायाधीशले भेट गरेको बताएका छन्।

सर्वोच्चका अरु न्यायाधीशहरुलाई समेत विवादमा तान्ने प्रयास भएपछि प्रधान न्यायाधीश मनोज शर्माले फुलकोट बैठक बोलाएका हुन्। प्रधानन्यायाधीश शर्मासमेत विवादमा तानिएका छन्। उनी र रास्वपाका सांसद विश्वराज पोखरेलको नाउँमा अमेरिकामा पैसा जम्मा भएको कागजात सार्वजनिक भएको छ।

सर्वोच्चका एक अधिकृतका अनुसार शुक्रबार इजलास बस्नु अगाडि सर्वोच्चमा भएका सबै न्यायाधीशको बैठक बस्नेछ।

  • प्रकाशित मिति : कात्तिक १३, २०८३, शुक्रवार ०८:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८