स्पेनको मध्यभागमा बुधबार बिहान भएको तीव्र गतिको रेल दुर्घटनामा कम्तीमा ६८ जनाको मृत्यु भएको छ । ठूलो संख्यामा यात्रु घाइते भएका छन् ।
राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्रयाकमा रोकिएको अर्को रेलसँग ठोक्किँदा दुर्घटना भएको हो । ठक्करका कारण रेलका धेरै डिब्बा लिकबाट तल पुगेका थिए ।
यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको कारण हुन सक्ने बताइएको छ । उक्त दुर्घटनालाई युरोपको आधुनिक इतिहासकै गम्भीर रेल दुर्घटनामध्ये एक तथा १३ वर्षयताकै स्पेनको सबैभन्दा घातक रेल दुर्घटनाका रूपमा वर्णन गरिएको छ ।
उद्धार गरिएका यात्रुहरूले ठक्करका क्रममा मानिसहरू हावामा उछिट्टिएको, भग्नावशेषमा फसेको र बाहिर निस्कन झ्याल फुटाउनुपरेको बताएका छन् ।
मड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा मोरा र ओर्गाज नगरपालिकाबीचको क्षेत्रमा स्थानीय समयअनुसार बिहान ९ बजेपछि दुर्घटना भएको थियो । बीबीसी
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८