• कात्तिक १०, २०८३, मंगलवार Tuesday, 27 October, 2026

गुल्मीमा स्कारपियो दुर्घटना, ६ जनाको मृत्यु

  • खबरदाता

गुल्मीमा स्कारपियो दुर्घटना, ६ जनाको मृत्यु

गुल्मीको कालीगण्डकी गाउँपालिका–२, दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।

सोमबार दिउँसो स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा एए ०२२० नम्बरको स्कारपियो कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत दबौखानीमा सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

दुर्घटनामा गुल्मी कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे, गोमता पाण्डे तथा स्याङ्जा वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी घाइते भएका छन् ।

  • प्रकाशित मिति : कात्तिक ९, २०८३, सोमवार २०:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८