• कात्तिक ५, २०८३, बिहीवार Thursday, 22 October, 2026

राष्ट्रपतिले १०:२६ मा टीका ग्रहण गर्ने, सर्वसाधारणका लागि कार्यक्रम नहुने

  • खबरदाता

राष्ट्रपतिले १०:२६ मा टीका ग्रहण गर्ने, सर्वसाधारणका लागि कार्यक्रम नहुने

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने भएका छन्।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले विजया दशमीको बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा गुरू पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

विगतका वर्षहरूमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने गरेको भए पनि गत वर्षदेखि मुलुकले विषम परिस्थितिको सामना गर्नु परेको र शान्तिपूर्ण तथा हर्षोल्लासको वातावरण नभएकाले उक्त कार्यक्रम राखिएको छैन।

  • प्रकाशित मिति : कात्तिक ४, २०८३, बुधवार ०६:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८