नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज मतदाता नामावली प्रकाशन हुँदै छ । बेलुका ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ ।
५ देखि साढे ६ बजेसम्म मतदाता नामावली प्रकाशनविरुद्ध दावी विरोधको समय तोकिएको छ । दावी विरोधउपर जाँचबुझका लागि साढे ६ देखि साढे ७ बजेसम्मको समय तोकिएको छ ।
मतदाताको अन्तिम नामावली प्रकाशन साढे ८ बजे हुने नेपाली कांग्रेस निर्वाचन समितिले बताएको छ।
मंगलबार बिहान मनोनयन दर्ताका लागि समय तोकिएको छ । मतदान बिहीबार बिहानदेखि हुनेछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८