• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोक

  • खबरदाता

पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोक

पृथ्वी राजमार्गमा सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाइएको छ । दुई दिनदेखि भइरहेको निरन्तर वर्षा र त्यसका कारण सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेका कारण सवारी आवागमनमा रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाएको हो ।

मौसम विज्ञान विभागले आगामी असोज ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेतावनी दिएकाले थप विपद् र जोखिम निम्तिन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले यो निर्णय लिएको जनाएको छ ।

‘यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चितताका लागि पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा रोक लगाइएको छ, धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।

  • प्रकाशित मिति : असोज ९, २०८३, शुक्रवार ०७:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८