• भदौ २०, २०८३, शनिवार Saturday, 05 September, 2026

यी स्थानमा हुनेछ आज भारी वर्षा

  • खबरदाता

यी स्थानमा हुनेछ आज भारी वर्षा

देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहँदा वर्षाको सम्भावना रहेको हो ।

दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार राति सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

पहाडी भागका धेरै स्थानमा मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ । कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका धेरै तथा मधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको पूर्वानुमान छ ।

विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

  • प्रकाशित मिति : भदौ २०, २०८३, शनिवार ०६:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८