पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरबाट सडकमा खसेको पहिरो पन्छाउन काम अगाडि बढाइएको छ।
पूर्वाधार विकास मन्त्रालयले आज (बिहीबार) बिहान दिएको जानकारीअनुसार पहिरोका दुवै छेउबाट १८ जना परिचालन गरी रुख काट्ने काम भइरहेको छ।
पहिरो पन्छाउन आवश्यक निर्माण उपकरण दुवै छेउमा तयारी अवस्थामा राखिएका छन्।
रुख काटिसकेपछि ती उपकरण परिचालन गरी पहिरो पन्छाउन थालिनेछ।
सडक खुलाउन प्राथमिकताका साथ काम तीव्र गतिमा अघि बढाइएको मन्त्रालयको भनाइ छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८