• भदौ ९, २०८३, मंगलवार Tuesday, 25 August, 2026

मुख्यमन्त्री थापाले भोलि मात्र विश्वासको मत लिने

  • खबरदाता

मुख्यमन्त्री थापाले भोलि मात्र  विश्वासको मत लिने

हेटौंँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट लिने तयारी गरेको विश्वासको मत एक दिन पछि सरेको छ।

प्रदेशसभा सचिवालयले सोमबार साँझ ५ बजेका लागि निर्धारण गरेको प्रदेशसभा बैठक विशेष कारणवश निर्धारित समयमा बस्न नसक्ने भएपछि बैठकको मिति र समय परिवर्तन गरेको हो। प्रदेशसभा सचिवालयले सोमबार जारी गरेको सूचनाअनुसार अब बैठक भदौ ९ गते मंगलबार दिउँसो चार बजे बस्नेछ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको मिति र समय परिवर्तन गरेको सचिवालयले जनाएको छ। यससँगै मुख्यमन्त्री थापा मगरले विश्वासको मत लिने प्रक्रिया पनि एक दिन पछि धकेलिएको छ। यसअघि मुख्यमन्त्री थापा मगरले सोमबार दिउँसो १ बजे विश्वासको मत लिने तयारी गरेका थिए। तर निर्धारित समयमा बैठक बस्न नसकेपछि साँझ ५ बजेलाई बैठक पुनस् सारिएको थियो ।

मुख्यमन्त्री थापा मगरले आफ्नो नियुक्तिपछि प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्। उनको नियुक्तिलाई लिएर उच्च अदालत हेटौंडा इजलासमा रिटसमेत दायर भएको थियो ।

मुख्यमन्त्री नियुक्तिको प्रक्रिया संविधान विपरीत भएको दाबी गर्दै अधिवक्ता मोहनप्रसाद ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वाग्मती प्रदेशसभा संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले छुट्टाछुट्टै रिट दायर गरेका हुन् । दुवै रिट भदौ ५ गते दर्ता भएका थिए ।

  • प्रकाशित मिति : भदौ ८, २०८३, सोमवार २१:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८