• भदौ ९, २०८३, मंगलवार Tuesday, 25 August, 2026

पार्टीको निर्देशन अवज्ञा गर्ने तीन प्रदेश सांसदलाई राप्रपाले गर्‍यो पदमुक्त

  • खबरदाता

पार्टीको निर्देशन अवज्ञा गर्ने तीन प्रदेश सांसदलाई राप्रपाले गर्‍यो पदमुक्त

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको निर्देशन अवज्ञा गर्ने तीन प्रदेश सांसदलाई पदमुक्त गरेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको हस्ताक्षरमा जारी विज्ञप्तिमा तीन सांसद पदमुक्त गरिएको उल्लेख छ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय विपरीत वाग्मती प्रदेश सरकारमा सहभागी भएका राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई केन्द्रीय अनुशासन समितिले पदमुक्तको निर्णय लिएको हो ।

उनीहरूलाई पदमुक्त गरिएको पत्र वाग्मती प्रदेशसभाका उपसभामुखलाई जानकारी गराइएको छ ।उक्त पत्र प्रदेश सचिवालयमा दर्ता समेत भएको राप्रपाले बताएको छ ।

 

  • प्रकाशित मिति : भदौ ८, २०८३, सोमवार २१:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८