• साउन २३, २०८३, शनिवार Saturday, 08 August, 2026

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

  • खबरदाता

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

२०८३ साल साउन २३ गते शनिबार सन् २०२६ अगष्ट ८ तारिख। साउन कृष्ण पक्षको दशमी तिथि । राष्ट्रिय भूसंरक्षण दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष – दिन राम्रो छ। सोचेको काम बन्नेछ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

वृष – दिन राम्रो छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। बन्धुसँग विवाद बढ्नेछ। शिक्षामा लगानीको हिम्मत गर्नुपर्ने दिन छ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। संकटमा परिवारको साथ मिल्नेछ।

मिथुन – दिन सामान्य छ। शब्दको जालमा फस्ने जोखिम छ। आम्दानीको स्रोत व्यवस्थापनमा समस्या हुनसक्छ। थारै बोलेर धेरै काम गर्नुपर्ने आवश्यकता देखिन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्ने छ।

कर्कट – दिन राम्रो छ। जग्गाको कारोबारमा फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। राजनीतिक क्षेत्रमा उच्च तहका व्यक्तिको साथ मिल्नेछ। परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ। पश्चिमको यात्रा नगर्नु उचित हुन्छ।

सिंह – शुभ दिन छ। तपाईंले गरेको संघर्षबाट मुक्ति मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ। श्रम शोषण गर्नेसँग सचेत बन्नु उचित हुन्छ। परिवारको साथ मिल्नेछ।

कन्या – दिन राम्रो छ। कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। विपक्षी शान्त रहेकाले तपाईंको काम सहजै बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

तुला – सञ्चित धन खर्च हुनेछ। सानो कुरामा विवाद हुँदा मन अशान्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेका काम बन्नेछन्। श्रमको मूल्य प्राप्त हुनेछ ।

वृश्चिक स्दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यले मनमा उत्साह थपिने छ। व्यापारमा फाइदा हुनेछ। विपक्षी भन्दै गरेका साथीले प्रशंसा गर्नेछन्। शिक्षामा गरेको लगानीको उचित मूल्य प्राप्त हुनेछ।

धनु – दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। शुभग्रहको बहुमत भएकाले व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

मकर – दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला। राजनीतिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ। विपक्षी बौद्धिक भएकाले कम बोल्नु उचित हुन्छ।

कुम्भ – दिन सामान्य छ। अनावश्यक यात्राले सम्पत्ति र समय खर्च हुनेछ। शिक्षामा लगानी नगर्नु उचित हुन्छ। शनिको अवस्था हेरेर मात्र दैनिक काम गर्नु उचित हुन्छ।

मीन – आज थोरै बोलेर अघि बढ्नु उचित हुनेछ । बौद्धिक व्यक्तिको साथ र सहयोग मिल्नेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

  • प्रकाशित मिति : साउन २३, २०८३, शनिवार ०५:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८