• साउन १५, २०८३, शुक्रवार Friday, 31 July, 2026

प्रधानमन्त्री बालेनले मधेसका नेतासँग सुरु गरे छलफल

  • खबरदाता

प्रधानमन्त्री बालेनले मधेसका नेतासँग सुरु गरे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफल सुनसरीलगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे केन्द्रित छ ।

छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समीम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायत नेता सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

  • प्रकाशित मिति : साउन १५, २०८३, शुक्रवार १२:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८