• साउन १३, २०८३, बुधवार Wednesday, 29 July, 2026

६ वटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

  • खबरदाता

६ वटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकरदुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले दिउँसो हिमाली र पहाडी भूभाग तथा वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । मधेस र कोसी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा कोसी प्रदेशको तराई र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

अहिले देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको विभागले बताएको छ ।

 

  • प्रकाशित मिति : साउन १३, २०८३, बुधवार ०६:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८