धनगढी– धनगढीको कृष्ण मन्दिर धर्मशालामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएको छ।
बिहीबारदेखि अनशन थालेका केसीकोको स्वास्थ्य अवस्था बिग्रिएको सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ। उनलाई आइसियुमा राखेर उपचार गर्नुपर्ने देखिएको चिकित्सकले बताएका छन्।
चिकित्सा सुधारको माग गर्दै उनले अनशन सुरु गरेका थिए। शनिबार नै केसीविरुद्ध धर्मशाला बाहिर केही अटो व्यवसायीले प्रदर्शन गरेका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८