• असार २७, २०८३, शनिवार Saturday, 11 July, 2026

आज २०८३ साल असार २६ गते शुक्रबारको राशिफल

  • खबरदाता

आज २०८३ साल असार २६ गते शुक्रबारको राशिफल

चितवन – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६ जुलाई १० तारिख। असार कृष्ण पक्षको एकादशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : लामो दूरीको यात्रा तय हुनेछ। तपाईंले थालेको काम बन्नेछ। धार्मिक स्थलको यात्रा हुनेछ। दान दिएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : स्वास्थ्यमा ख्याल गर्नुपर्ने छ। मन अशान्त बन्नेछ। पूर्वको यात्रामा संकट हुने भएकाले यात्रा नगर्नु उचित हुन्छ। परिवारसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ।

मिथुन : गुम्न लागेको धन प्राप्त हुनेछ। व्यापारमा फाइदा हुनेछ। परिवारको साथमा रमाइलो घुमघामको आयोजना हुनेछ। स्वास्थ्यको ख्याल नगर्ने बानीले भने समस्या बढ्ने जोखिम छ।

कर्कट : मन प्रशन्न रहने छ। कला र गलाको प्रयोगबाट तपाईंको सम्मान बढ्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

सिंह : हरेक क्षेत्रमा जिम्मेवारी बढ्ने छ। अनावश्यक यात्रामा धन खर्च हुनेछ। राजनीतिक क्षेत्रमा विपक्षीविरुद्ध विजय प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : आज जोगिएर काम गर्नुपर्ने दिन छ । व्यापारमा अवरोध हुनेछ। मनमा चिन्ता र असन्तुष्टि बढ्नेछ। राजनीतिक क्षेमा विवाद र झागडा नगर्नु राम्रो हुनेछ। धैर्यता नै सफलता हो भन्ने बुझ्नु आवश्यक छ।

तुला : गुम्न लागेको धन प्राप्त हुनेछ। आफन्तबाट सहयोग प्राप्त हुनेछ। परिवारको साथमा महत्त्वपूर्ण काम बन्दा स्वास्थ्यमा सचेत बन्नुपर्ने देखिन्छ। परिवारको साथमा छोटो दूरीको यात्रा तय हुनेछ।

वृश्चिक : स्वास्थ्यले साथ दिए पनि साथीभाइले असहयोग गर्नेछन्। सञ्चित धन खर्च हुनेछ। परिवारमा खर्च बढ्नेछ। खानपानमा समस्या हुनेछ। राजनीतिक क्षेत्रमा सचेत भएर अगाडि बढ्नु उचित हुन्छ।

धनु : बोलीको प्रभावले राम्रो काम बन्नेछ। परिवारमा खुशी मिल्नेछ। नयाँ कामको सुरुवात हुनेछ। दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ।

मकर : बोल्दा सोचेर बोल्नु उचित हुन्छ। आज नयाँ काम सुरु नगर्नु उपयुक्त हुनेछ । हरेक काममा मिहिनेत गर्नुपर्ने दिन छ । श्रमको भने मूल्य सहजै मिल्ने छ ।

कुम्भ : बौद्धिक व्यक्तिसँग भेट हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्ने योग छ । नियमित काममा उत्साह मिल्ने योग छ ।

मीन : धनलक्ष्मी योग परेको छ। बोलीको प्रभावले मन शान्त बन्नेछ। परिवारको साथमा रमाइलो घुमघाम हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त होला। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ।

  • प्रकाशित मिति : असार २६, २०८३, शुक्रवार ०६:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८